मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि
पुस २३, २०८१काठमाडौं । मधेश प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजेको लागि डाकिएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त मधेश प्रदेश सभाको चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने लगायतको कार्यसूची छ । सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाउने, मधेश प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम बैठकको अध्ययक्षता गर्ने सांसदको मनोनयन हुने समेत कार्यसूची छ ।
सबै पढ्नुहोस