रौतहटमा भन्सार छलीका सामानसहित एक जना पक्राउ
बैशाख २३, २०८२काठमाडौं । रौतहट प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्राइएका सामान बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ बस्ने ३७ वर्षीय राकेश पासवान छन् । वैशाख २१ गते राति ११ बजे खटिएको गस्ती टोलीले रौतहटको गौर नगरपालिका वडा नं. ४ लालबकैया नदी किनारबाट दुई लाख ३३ हजार एक सय रुपैयाँ बराबरका कपडासहित उनलाई नियन्त्रणमा लिएको हो ।
सबै पढ्नुहोस