गोलभेँडाको भाउ घट्यो
जेठ ९, २०८२काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आज शुक्रबार गोलभेँडाको भाउमा गिरावट आएको हो । आज भारतीय ठूलो गोलभेँडाको भाउ थोकमा प्रतिकिलो १८ रुपैयाँ घटेको छ । बिहीबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेडाँको भाउ आज ३७ रुपैयाँ कायम छ ।
सबै पढ्नुहोस