काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४५ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।