दक्षिण मेक्सिकोमा भएको बस दुर्घटनामा ४१ जनाको मृत्यु
माघ २७, २०८१एजेन्सी । दक्षिण मेक्सिकोमा भएको बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ । टाबास्को राज्यको सरकारले दिएको जानकारी अनुसार यो दुर्घटना शनिबार बिहान भएको हो । ४८ जना सवार बस एक ट्रेलर ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार ३८ जना यात्रुका साथै बसका दुई चालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ट्रक चालकको दुर्घटनामा निधन भएको छ ।
सबै पढ्नुहोस