इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
फाल्गुण १४, २०८१काठमाडौँ । इन्डोनेसियामा भूकम्प गएको छ । आज बिहान ७ः१० बजे सुलावेसी टापु नजिक ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । जसको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको बताइएको छ । भूकम्पको धक्काले सर्वसाधारणमा त्रासको वातावर सृजना भएको छ । यद्यपि यस भूकम्पका कारण मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।
सबै पढ्नुहोस