सेयर बजारका सबै सूचक घटे
फाल्गुण १०, २०८२काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.५९ अंक घटेको छ । सो कमीपछि नेप्से २६१४ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । यसअघि गत मंगलबार ८ अर्ब ३६ करोडको कारोबार भएको थियो । त्यसयता आज आइतबार मात्रै कारोबार भएको हो । आज कारोबार रकम ६ अर्ब ६९ करोडमा खुम्चियो। ३४ कम्पनीको मूल्य बढ्दा २२० को घट्यो भने ७ को स्थिर रह्यो । समूहगत सूचक सबै राताम्मे भएका छन् ।
सबै पढ्नुहोस