६.०३ अंकले बढ्यो सेयर बजार
फाल्गुण १४, २०८२काठमाडौं । बिहीबार सेयर बजार ६.०३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६५४.९३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से १० अंक बढेको थियो भने मंगलबार २१ अंक बढेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडको भयो । १३७ कम्पनीको मूल्य बढ्दा ११८ को घट्यो भने ७ को स्थिर रह्यो ।
सबै पढ्नुहोस