अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
चैत ९, २०८२काठमाडौं । सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको हो । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३६ अंकमा कायम भएको छ । दिउँसो २:३४ बजे २९११ अंकसम्म झरेको बजार त्यसपछि अन्तिम समयसम्म उकालो लाग्यो । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २३ अर्ब ५९ करोडको कारोबार भएकोमा आज १५ अर्ब ७८ करोडको भयो । १०२ कम्पनीको मूल्य बढ्दा १५४ को घट्यो भने ८ को स्थिर रह्यो ।
सबै पढ्नुहोस