एसपी नवीनकृष्ण भण्डारीले दिए राजीनामा
साउन २२, २०८२काठमाडौँ । प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले राजीनामा दिएका छन् । प्रहरी जवान हुँदै २०६१ जेठमा इन्स्पेक्टरमा नाम निकालेका भण्डारीले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए । उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । ३० वर्षे सेवा अवधि पुरा हुनुभन्दा १० दिनअघि उनले राजीनामा दिएका हुन् । गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।
सबै पढ्नुहोस