×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् ।  पार्टीको चितवनमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य पार्टीका नेताहरूलाई लामिछानेले यस्तो बताएका हुन् । 

‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ’, सभापति लामिछानेले भने,‘बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ ।’ 

उनले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताए । नागरिक जिम्मेवारी पुरा गर्ने जिम्मेवारीका साथ रास्वपा उभिएको भन्दै अन्य दलका नेताहरूलाई निर्धक्क हुन आग्रह गरे । ‘लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकार लगायत थुप्रै उपहारको हामी जगेर्ना गर्नेछौँ ।’
 

प्रतिकृया दिनुहोस्