सेप्टेम्बर ९ मा आउँदैछ आइफोन १७
भदौ १२, २०८२नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने एप्पलको बहुप्रतिक्षित वार्षिक समारोह आगामी सेप्टेम्बर ९ मा हुने भएको छ । उक्त समारोहको नाम Awe Dropping राखिएको छ । उक्त समारोहमा लागि एप्पलले सञ्चार माध्यमहरुलाई निमन्त्रणा पठाएको सिएनएनले उल्लेख गरेको छ। स्मरण रहोस् एप्पलले सन् २०१२ देखि नै हरेक वर्ष सेप्टेम्बरमा आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ ।
सबै पढ्नुहोस