सेयर बजारमा करिब एक महिनापछि ६ अर्ब नाघ्यो कारोबार
जेठ १३, २०८३काठमाडौं । सेयर बजारमा झन्डै एक महिनापछि कारोबार रकम ६ अर्ब नाघेको छ । बुधबार बजारमा ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो । त्यसयता ६ अर्बमुनि कारोबार रकम खुम्चिँदै आएको थियो । आज बजार परिसूचक नेप्से भने जम्मा ४.९९ अंक (०.१७ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७८२ अंकमा कायम भएको छ । १५१ कम्पनीको मूल्य बढ्यो भने १०५ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव
सबै पढ्नुहोस