पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे झलनाथ खनाल
चैत २, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । सोमबार ओली निवास गुण्डु पुगेर खनालले अध्यक्ष ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदन व्यक्त गरेका हुन् । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।
सबै पढ्नुहोस