त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन
असोज ५, २०८३काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो । एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको रानीपोखरीका एआईजी सुशील सिंह राठौरले बताए । समितिलाई पाँच दिनको समय दिइएको छ । रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगोमा जलेर बस चालक काभ्रे घर २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए ।
सबै पढ्नुहोस