×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दाहाल–नेपाल–कोइरालाबीच विराटनगरमा भेटघाट

दाहाल–नेपाल–कोइरालाबीच विराटनगरमा भेटघाट

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीद्वय दाहाल–नेपालले शुक्रबार विराटनगरस्थित कोइराला निवास पुगेर नेता कोइरालासँग भेटवार्ता गरेका हुन् ।

कोइरालाको सचिवालयले तीन नेताबीच कोइराला निवासमा भेटघाट भएको पुष्टि गरेको छ । उनीहरूहरुबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ ।

नेता कोइरालासँग शुक्रबार नै कांग्रेस महामन्त्री गुरूराज घिमिरेले भेटवार्ता गरेका थिए । उनीहरूबीच पार्टीको आन्तिरक विवाद समाधान र आसन्न १५ औं महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्