×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जगदीश खरेलले महामन्त्रीबाट फिर्ता लिए उम्मेदवारी

जगदीश खरेलले महामन्त्रीबाट फिर्ता लिए उम्मेदवारी

चितवन । रास्वपाको महामन्त्रीमा उम्मेदवारी दिएका जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिइएको घोषणा गरेका छन् ।

लामो बाटो तय गर्न बाँकी रहेको भन्दै सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको उनले जनाएका छन् । रास्वपा केन्द्रीय सदस्य जितेका खरेलले महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

आज ५ जना पदाधिकारीको लागि महाधिवेशन प्रतिनिधिहरुले मत हाल्दैछन् । पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएकोले ५ पदका लागि मात्रै चुनाव हुन लागेको हो ।उपसभापतितर्फ अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिकृया दिनुहोस्