चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
मङ्सिर १८, २०८१काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि सीसँग भेटवार्ता गरेका हुन् । देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा उनीहरुबीच भेट भएको हो । यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सबै पढ्नुहोस