सांसदलाई स्वकीय सचिव राख्न दिने व्यवस्थाको हर्क साम्पाङले गरे विरोध
बैशाख २, २०८३काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने व्यवस्था गर्न लागिएको विषयको विरोध गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै साम्पाङले राज्यको ठुलो रकम खर्च हुने भन्दै सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरोध गरेका हुन् । स्वकीय सचिवलाई मासिक ३० हजार रुपैयाँ तलब दिँदा पनि वार्षिक नौ करोड ९० लाख र पाँच वर्षमा ४९ करोड ५० लाख रुपैयाँ खर्च हुने उनले उल्लेख गरेका छन्।
सबै पढ्नुहोस