राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा
पुस १, २०८२काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ । सचिवालयका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेको जानकारी राष्ट्रपति पौडेललाई गराउँदै उनले राजीनामा दिएका हुन् । थापा २०७८ सालमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुलातर्फ केन्द
सबै पढ्नुहोस