शिवपुरीमा हराएका ३ जनाको उद्धार
मङ्सिर २५, २०८२काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको उद्धार गरिएको नेपाली सेनाले बताएको छ । पानीमुहानबाट शिवपुरी हाइटतर्फ जाने क्रममा बाटो बिराए उनीहरू हराएको सेनाले जनाएको छ । नेपाली सेनाको चन्दननाथ गणसहित निकुञ्ज प्रशासन र नेपाल प्रहरीसहितको टोलीले उनीहरूको उद्दार गरेको हो । उनीहरूलाई मध्यराति शिवपुरी पिक इलाकामा फेला पार
सबै पढ्नुहोस