नेपाली कलाकार सुनिल पोखरेललाई ‘हलिउड वाक अफ फेम’को सम्मान
भदौ २३, २०८१काठमाडौं । नाटक निर्देशक तथा अभिनेता सुनिल पोखरेल हलिउडको प्रसिद्ध ‘वाक अफ फेम’बाट सम्मानित हुने सम्भवतः पहिलो नेपाली कलाकार बनेका छन् । उनको नाम अमेरिकाको लस एन्जलसस्थित उक्त पर्यटकीय थलोमा बिच्छाइएको छ । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा वरिष्ठ नाट्य अभिनेत्री निशा शर्माले यसबारे जानकारी दिएकी छन् । पोखरेल पहिलोपटक ‘वाक अफ फेम’मा समावेश हुने नेपाली कलाकार बनेको उनले उल्लेख गरेकी छन् ।
सबै पढ्नुहोस