ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य
मङ्सिर ९, २०८१काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । आज बजारमा छापावाल सुन तोलामा १ लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको भाउ २० बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलाको १ हजार ९ सय ४० थियो ।
सबै पढ्नुहोस