रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा
बैशाख ३०, २०८२काठमाडौं । अविरल वर्षाका कारण हिजो(सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो । बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको उनले बताए ।
सबै पढ्नुहोस