६ दिन घटेको सेयर बजार आज बढ्यो
जेठ ५, २०८२काठमाडौं । अघिल्लो दिनसम्म लगातार ६ दिन घटेको सेयर बजार सोमबार बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.३० अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६२८ मा कायम भएको छ । नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ५० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३५ करोडको भयो । १८५ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने दुईको स्थिर रह्यो
सबै पढ्नुहोस