आज पनि बढ्यो सुनको मूल्य
भदौ १७, २०८२काठमाडौँ । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको थियो
सबै पढ्नुहोस