सुनचाँदीको मूल्य सामान्य वृद्धि
भदौ ३०, २०८२काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सोही सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएकामा सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस