इसेवा, खल्तीलगायतबाट पैसा कारोबारको सीमा बढ्यो
असोज १०, २०८२काठमाडौँ । मोबाइल वालेटबाट गर्न पाउने दैनिक कारोबार सङ्ख्याको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चाडबाडलाई लक्षित गर्दै यो सीमालाई अस्थायी रूपमा वृद्धि गरेको हो । अहिले प्राकृतिक व्यक्तिले वालेटबाट दिनमा बढीमा १० पटकसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था छ । यसलाई बढाएर अधिकतम दैनिक ४० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।
सबै पढ्नुहोस