सुनको मुल्य घट्यो, चाँदीको मुल्य बढ्यो
मङ्सिर २१, २०८२काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला तिन हजार ६ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस