रुकुम पश्चिममा जनार्दन शर्माको उम्मेदवारी दर्ता
माघ ६, २०८२रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए । २०६४ देखि निरन्तर विजयी हुँदै आएका उनले यसपटक नयाँ दल गठन गरेर चुनावी मैदानमा होमिएका हुन्। फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
सबै पढ्नुहोस