आज सुनचाँदीको मुल्य कति पुग्यो ?
चैत २, २०८२काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ९ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर ५२६५ मा कारोबार भइरहेको छ ।
सबै पढ्नुहोस