×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

लखनउमा कोचिङ सेन्टरमा आगलागी, कम्तीमा १४ जनाको मृत्यु

लखनउमा कोचिङ सेन्टरमा आगलागी, कम्तीमा १४ जनाको मृत्यु

काठमाडौं । भारतको लखनउमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । एनआईको समाचार अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री ब्रजेश पाठकले उक्त आगलागीमा कम्तीमा १४ जनाको मृत्यु भएको बताएका छन् ।

एएनआईसँग कुराकानी गर्दै उपमुख्यमन्त्री पाठकले भर्खरै १३ शव बाहिर निकालेको र १४ शव आफैले देखेको बताएका छन् ।

‘अचानक आगो लागेको थियो । यो एक एनिमेसन केन्द्र थियो, त्यहाँ बालबालिकाहरू एनिमेसन सिक्न, कार्टुन बनाउन आउँथे,’ उनले भनेका छन्, ‘घटना कसरी सुरु भयो भन्नेबारे मलाई अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।’

उनले ती बालबालिका १६–१७ वर्षका रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्