×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल

श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल जारी छ ।

छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।

सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए ।

तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले रोके । यद्यपि श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरेका हुन् ।

त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न सचेत गराए ।

‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु,’ सभामुख अर्यालले भनेका छन् ।

प्रतिकृया दिनुहोस्