काठमाडौं । सोमबार सेयर बजार १.४६ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ । बजारमा दिनभरको उतारचढाव न्यून रह्यो। अघिल्लो कारोबार दिन शुक्रबार नेप्से १.६३ अंक बढेको थियो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडको भयो । ११६ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने १४ को स्थिर रह्यो ।
समग्र बजार परिसूचक घट्दा पनि फाइनान्स समूहमा आकर्षण देखिएको छ । सो समूहको सूचक सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । यो वृद्धिपछि फाइनान्स समूहको सूचक जेठ २८ यताकै उच्च विन्दु २४९० मा कायम भएको छ । आज फाइनान्स समूह उच्च दरले बढ्दा सो समूहमा रहेका कम्पनीमध्ये मञ्जुश्रीको मूल्य सबैभन्दा धेरै ४.७२ प्रतिशत बढ्यो ।
फाइनान्सका अलवा माइक्रोफाइनान्स ०.४२ प्रतिशत तथा व्यापार ०.९२ प्रतिशत बढे । बैंकिङ ०.१० अंक, विकास बैंक ०.०७, होटल तथा पर्यटन ०.१५, जलविद्युत् ०.२०, लगानी ०.०२, जीवन बीमा ०.४५, उत्पादन तथा प्रशोधन ०.०६, निर्जीवन बीमा ०.२१ र अन्य ०.२० प्रतिशत घटे ।
शुक्रबार मात्रै सूचीकृत भएका दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि दुवै कम्पनीको मूल्य ३४५ रुपैयाँ पुगेको छ ।
त्यस्तै सोपान फर्मास्युटिकल्सको ५.६६ तथा एपोलो हाइड्रोपावरको ५.२६ प्रतिशत मूल्य बढ्यो । आज फाइनान्स समूह उच्च दरले बढ्दा सो समूहमा रहेका कम्पनीमध्ये मञ्जुश्रीको मूल्य सबैभन्दा धेरै ४.७२ प्रतिशत बढ्यो ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ३.०४ प्रतिशत तथा भुजुङ हाइड्रोपावरको ३.०४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा सोपान फर्मास्युटिकल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, स्वाबलम्बन लघुवित्त, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स छन् ।