×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपाल प्रहरी विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

नेपाल प्रहरी विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौं । नेपाल प्रहरी सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । सोमबार बसेको सभाको बैठकले विधेयकमाथि बिचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत गरेको हो । यो सँगै यो विधेयकमाथि सांसदहरूले संशोधन राख्ने बाटो खुला भएको छ ।

विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुनु अगाडि सभामा विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो । छलफलमा सांसदहरूले विधेयकमा संघीयताको कार्यान्वयनको अवस्थाको खोजी गरेका थिए ।

अब सांसदहरूले यो विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन् । सांसदहरूको संशोधन प्रस्तावसहित विधेयकमाथि दफावार छलफल हुनेछ ।

यो विधेयक गृहमन्त्री रमेश लेखकले गत माघ २७ गते प्रतिनिधि सभामा दर्ता भएको थिया । सोमबार विधयकमाथि सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले अगाडि बढाएको हो ।

प्रतिकृया दिनुहोस्