×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सीमा सुरक्षामा अब बर्दी बिनाका ‘बीआईटी’ खटाउने

सीमा सुरक्षामा अब बर्दी बिनाका ‘बीआईटी’ खटाउने

काठमाडौं । सीमा सुरक्षाको जिम्मेवारीको पाएको सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अब बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) खटाउने भएको छ ।

बीआईटीबारे सशस्त्र प्रहरीले अध्ययन गरेर अब कार्यान्वनको चरणमा पुग्न लागेको छ । यसलाई पाइलट प्रोजेक्टको रूपमा लागु गर्न लागिएको छ । सुरुमा मुख्य सीमा नाकाहरुमा बीआईटी परिचालन गरिने र बिस्तारै यसलाई बिस्तार गर्दैै लैजाने नीति सशस्त्र प्रहरीले लिएको छ ।

बिहीबार सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा सशस्त्र प्रहरी प्रमुख तथा आईजीपी नारायणदत्त पौडेलले यसबारे जानकारी गराए । सीमा सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर काम गरेको बताउँदै आईजीपी पौडेलले बीआईटी लागु गर्न लागिएको बताए ।

सशस्त्र प्रहरीका कर्मचारीलाई नै बीआईटीको रूपमा सादा पोशाकमा सीमा क्षेत्रमा खटाइने छ । उनीहरूले सशस्त्रको बर्दी नलगाए पनि एकरूपता झल्कने अन्य पोशाक भने लगाउने बताइएको छ ।

बीआईटी टिम नागरिक तथा काउन्टर पार्टसँग समेत समन्वय गरेर काम गर्ने बताइएको छ ।

‘एसएसबीसँग अलरेडी यस्तै टिम छ । हाम्रोतर्फ भने युनिफर्म लगाएकै सशस्त्र प्रहरीले काम गरिरहेका हुन्छन् । अब भने नागरिकका समस्यादेखि काउन्टरपार्टसँग समन्वय बीआईटी गर्ने छ’ आईजीपी पौडेलले भने ।

यो टिमले सीमा क्षेत्रमा हुने अपराधदेखि राजस्व चुहावट नियन्त्रणमा पनि सहयोगी भूमिका खेल्ने बताइएको छ । यसका साथै विपद उद्दारमा पनि प्राथमिकतामा राखेर काम गरिएको उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्