×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बाग्मती

बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी

बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी

मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन् । 

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् । महिला क्लस्टरमा कांग्रेसका देवकोटाले ६ हजार २३९ मत सहित निर्वाचन जितेकी हुन् । उनले प्रदेश सभा सदस्य तर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाइन ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झाले २ हजार ५२२ मत पाइन । झाले प्रदेश सभा तर्फ २५ र स्थानीय तह तर्फ ६३ मत पाइन । सोही पदमा उम्मेदवार बनेकी नेमकिपाकी कविता महर्जनले १९७ मत पाइन । उनले प्रदेश सभा तर्फ ३ र स्थानीय तह तर्फ २ मत पाइन् । 

प्रदेश सभा तर्फ कुल ८९ मतदाता मध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तह तर्फ २२९ मत मध्ये २२६ मत सदर भएको थियो भने ३ मत बदर भएको थियो ।

अन्य क्लस्टरमा उम्मेदवार बनेका डा. देवकोटाले ६ हजार २०५ मत सहित निर्वाचन जितेका हुन् । उनले प्रदेश सभा तर्फ ५९ मत र स्थानीय तह तर्फ १६२ मत पाएका थिए ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत पाए । उनले प्रदेश सभातर्फ २५ र स्थानीय तह तर्फ ६४ मत पाए । नेमकिपाका उम्मेदवार विक्रम ढुकुछुले १९७ मत पाए ।

प्रतिकृया दिनुहोस्