भोलि शेयर बजार बन्द हुने, आरटीजीएस प्रणाली भने सञ्चालनमा रहने
पुस ९, २०८२काठमाडौं । भोलि शेयर बजार बन्द हुने भएको छ । सरकारले ‘क्रिसमस डे’ का दिन सार्वजनिक बिदा दिएका कारण शेयर बजार बन्द रहने भएको हो । अब शेयर बजार आइतबार मात्र खुला हुने छ । क्रिसमसको दिन सार्वजनिक बिदा भएपनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालन रहने भएको छ ।
सबै पढ्नुहोस