रवि र छविसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मङ्सिर ७, २०८१काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए ।
सबै पढ्नुहोस