सतुङ्गलको कपडा गोदाममा आगलागी
जेठ १, २०८२काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुङ्गलस्थित कपडा गोदाममा आगलागी भएको छ । आर.आर. कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा आज बिहान ५ः२० बजेतिर आगो लागेको हो । ६ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयोग गरी आज बिहान सात बजे आगो नियन्त्रणमा लिइएको थियो । क्षतिको विवरण भने आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोल
सबै पढ्नुहोस