कर्फ्यु आदेश अवज्ञा गर्दै बिहानैदेखि संसद भवन अगाडि प्रदर्शन सुरु
भदौ २४, २०८२काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ । उनीहरुले तारबार व्यवस्थित गर्ने काममा व्यस्त देखिन्छन् ।
सबै पढ्नुहोस