तोलामा १४ हजार ६ सय रुपैयाँ बढ्यो सुन
चैत ११, २०८२काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १४ हजार ६ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केहि दिन देखि ओरालो लागेको सुनचाँदीको मुल्य आज भने बढेको छ । आज चाँदी तोलामा ४१५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस