×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्वसम्बन्धी विधेयकमा दिएका विरोधका सूचना बहुमतबाट अस्वीकृत

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्वसम्बन्धी विधेयकमा दिएका विरोधका सूचना बहुमतबाट अस्वीकृत

काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ६ प्रतिपक्षी दलका सांसदले दर्ता गरेका विरोधका सूचना अस्वीकृत भएका छन् । विधेयकमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, चित्रबहादुर केसी, देवेन्द्र पौडेल, नारायणी शर्माले दिएका विरोधका सूचना प्रतिनिधिसभाको बहुमतबाट अस्वीकृत भएका हुन् ।

विधेयक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज अर्थमन्त्री पौडेलले त्यो विधेयक ल्याउने लागेका हुन् । त्यसमा प्रतिपक्षी ६ सांसदले विरोधको सूचना दिएका थिए ।

प्रतिकृया दिनुहोस्