×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट महिला तर्फ रोशनी मेचे निर्वाचित

राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट महिला तर्फ रोशनी मेचे निर्वाचित

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् । कांग्रेस एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । दलिततर्फ गणना जारी छ । अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए ।

मेचे नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न रोकिएकी पात्र हुन् ।

एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले उनको योग्यता पुगेको थिएन । तर रोशनी अहिले देशको माथिल्लो सदन (राष्ट्रिय सभा) को उम्मेदवार बनेकी हुन् ।

प्रतिकृया दिनुहोस्