×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

अकबरे खुर्सानीको भाउ घट्यो

अकबरे खुर्सानीको भाउ घट्यो

काठमाडौं । बजारमा अकबरे खुर्सानी (हरियो) को भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले मंगलबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३८ रुपैयाँले घटेको छ । सोमबार अकबरे खुर्सानी प्रतिकिलो ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज मंगलबार प्रतिकिलो ३ सय ६२ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै एक साताअघि अकबरे खुर्सानी प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी मंसिर पहिलो साता अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिकृया दिनुहोस्