काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला ४ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।