काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ । आज छापावाला सुन तोलामा १३ हजार ४०० रुपैयाँ घटेर प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो र आज गरी सुन तोलामा ३२ हजार २ सय रुपैयाँ घटेको छ ।