काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङघाटमा माटोको ढिस्को खसेर पुरिएका दुई जनाको उद्धार गरिएको छ । स्थानीयको घर प्लास्टर गर्ने क्रममा ढिस्कोले पुरिएका दुई जना पुरुषलाई गजुरीबाट खटिएको सैनिक टोलीले उद्धार गरेको हो ।
भैरव दल गणको टोलीले उद्धार गरेर उनीहरुलाई थप उपचारको लागी मलेखुस्थित टिचिङ अस्पतालमा पठाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।