काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९७ हजार २ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।