तीन उद्योगलाई एक लाख १० हजार जरिवाना
पुस १४, २०८२काठमाडौं । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको छ । विभागले तीन वटा उद्योग तथा फर्मलाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई १० हजार रुपैयाँ, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
सबै पढ्नुहोस